अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

डा. बाबुराम भट्टराईद्धारा रामचन्द्र पौडेल पक्राउको विरोध

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:५६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको घटनाप्रति बिरोध जनाउनुभएको छ । नतहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाप्रति आपत्ति जनाउँदै भट्टराईले राजावादीलाई देशभर आन्दोलन गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरिएको आरोप लगाउनुभएको छ ।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार?ओली सरकारको के हो चाला? उनकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है,’ भट्टराईले भन्नुभएको छ । तनहुँको व्यास नगरपालिका १ र ११ जोड्ने सडकको पुल उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएको हुँदै आएको थियो।

बुधबार पौडेलले यसअघि नै बनेको पुलबाट सडक विस्तार गर्ने कामको उद्घाटन गर्ने तयारी गरेपछि नेकपा पक्षले विरोध जनाउँदै आएको थियो। नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया