अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

प्रहरीद्धारा गिरफ्तार गरिएका कांग्रेस नेता रामचन्द्र पौडेल रिहा

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४१ मा प्रकाशित

प्रहरीको गिरफ्तारीमा पर्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । उहाँलाई आज साँझ प्रहरीले रिहा गरेको हो । यसअघि तनहुँको दमौली पुग्नुभएका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थानिय बुल्दी पुल उद्घाटन गर्न बुधबार व्यास नगरपालिका वडा नम्बर–१, तालघरेबाट पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । पुल उद्घाटनका लागि जाँदै गर्दा झडप हुनसक्ने भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।

सत्तारुढ दल नेकपा र कांग्रेस कार्यकर्ताबीच पुल उद्घाटनका क्रममा झडप हुनसक्ने भन्दै प्रशासनले साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । दमौलीबाट नेपाली कांग्रेसका कार्यकर्तासहित करिब दुई किलोमिटरअगाडि पर्ने बुल्दी पुलमा निर्मित मोटरेबल पुलको उद्घाटन गर्न जानेक्रममा प्रहरीले वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

नाराजुलुससहित गएका कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच भडपसमेत भएको थियो । झडपमा केही नेता–कार्यकर्ता घाइते भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू