अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

नेपालमा एकैदिन कोरोनाबाट २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:३९ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । आज थप २९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको हो। यस्तै सोमबार थप १४ सय ७४ जना कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार सोमबार १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ । देशभर क्वारेन्टिनमा ५ सय ३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू