अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

’कोभिड–१९ हिरो अफ यूएई’बाट ४७ जना नेपाली सम्मानित

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:४७ मा प्रकाशित

यूएईमा ’कोभिड १९ हिरो अफ यूएई’बाट ४७ जना नेपालीलाई सम्मान गरिएको छ ।कोरोनाका कारण समस्यामा परेकाको उद्धार तथा राहत वितरणमा खटिएका ६ जना महिला सहित ४७ जनालाई सम्मान गरिएको हो । जनता समाजवादी पार्टी र उसैको प्रवासमा रहेको भात्री संस्था अन्तर्राष्ट्रिय नेपाली समाज यूएईद्वारा कोरोना महामारीको समयमा संस्थागत तथा व्यक्तिगत रुपमा उद्धार र राहत वितरण तथा विभिन्न सेवा प्रदानका लागि खटिएकाहरुलाई सम्मान गरिएको हो ।

शुक्रबार साँझ भर्चुअल रुपमा भएको कार्यक्रममा जनता समाजवादी पार्टीकी परिषद सदस्य हिसिला यमीले सम्मानित हुनेहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै नेत्र यमीले कोरोनाका कारण नेपालमा ठूला राजनीतिक दल, नेता र राज्यनै निरीह बनिरहेको बेला परदेशमा रहेका नेपालीहरुले गरेको सहयोग र देखाएको सद्भाव अतुलनीय भएको बताउनुभयो ।

एनआरएनए यूएईका प्रकाश कोईराला, पाशाङ शेर्पा, नेपाली समाजका गोविन्द ढकाल, सामाजिक अगुवा नरेश शेन, आशा लामा लगायतले बोल्नुभएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष बाबुराम लोप्चन र सञ्चालन बिनोदबाबु श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू