अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

विश्वभर ४ करोड २१ लाख ७३ हजार ७ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०९ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड २१ लाख ७३ हजार ७ सय २४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ५ हजार ८ सय १२ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख २९ हजार ७ सय २४ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ७२ लाख ५२ हजार १ सय ३२ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ४ हजार ५ सय ६० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ७१ लाख ४७ हजार ५ सय ७२ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ३१ लाख ३९ हजार ८ सय ८२ जना संक्रमित भएका छन् भने २ लाख ६८ हजार २ सय ६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९२ लाख ६६ हजार ७ सय ५ जना संक्रमित हुँदा १ लाख ३५ हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६१ लाख ६६ हजार ८ सय ९८ जना संक्रमित भएका छन् भने १ लाख ७० हजार ७ सय ९९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू