अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२ | Colorodo: 11:07

नेकपा अध्यक्ष ओलीद्धारा प्रचण्डको प्रस्तावको जवाफसहित प्रारम्भिक प्रस्ताव तयार, प्रचण्डको प्रस्ताव वितरण अनधिकृत भएको ठहर

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:१२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको जवाफसहित पार्टीको आगामी रणनीतिसमेत समेटेर प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको छ । नेकपाको प्रस्तावित केन्द्रीय सचिवालय बैठक आउन तीन दिन बाँकी रहेका बेला ओलीका तर्फबाट प्रारम्भिक प्रस्ताव तयार भएको ओली निकट उपप्रधानमन्त्री तथा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

ओलीसँग असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव, १० पृष्ठ लामो जवाफी पत्र पेश गर्नुभएको थियो । उक्त राजनीतिक प्रस्तावको अपनत्व ततकालै प्रचण्ड समूहका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिएका थिए।

मंसिर ३ को केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रस्तावमा लगाइएको आरोपले आफ्नो राजनीतिक जीवनमै धक्का लागेको र त्यसको जवाफ दिन मंसिर १३ गतेसम्म समय लिने प्रस्ताव राख्नुभएको थियो । प्रचण्ड पक्षले त्यसलाई सकरात्मक प्रस्ताव भन्दै १३ गते सचिवालय बैठक राख्न सहमति जनाएको थियो। उक्त बैठकमा नेता पोखरेलले प्रचण्डको आरोपको बुँदागत रुपमा जवाफ दिने बताउनुभएको थियो । ओलीले नेता पोखरेलसँगै आफू निकट प्रभावशाली नेताहरुलाई प्रस्ताव तयार पार्ने जिम्मा दिनुभएको थियो ।

यो बीचमा पार्टी एकता रक्षाका लागि ओली पक्षले प्रचण्डलाई आफ्नो राजनीतिक प्रस्ताव फिर्ताका लागि दबाब दिएपनि प्रचण्डले त्यो फिर्ता नगर्ने अडान लिनुभएको छ । त्यसलाई ‘बुकलेट’का रुपका प्रकाशित गरी राष्ट्रव्यापीरुपमा वितरणको अभियानको थालिएको छ । यो प्रस्ताव फिर्ता गरेमा आफू ओलीसँग झुकेको ठहरिने प्रचण्डको बुझाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू