अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

साउदी राजकुमार र इजरायलका प्रधानमन्त्रीबीच गोप्य भेटवार्ता

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:४१ मा प्रकाशित

साउदी अरेबियाले इजरायलसँग कुनै उच्च पदस्थ अधिकारीहरुको भेटवार्ता नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेको इजरायलका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर साउदी अरेबियाको परराष्ट्र मन्त्रालयले उक्त भेट नभएको दावी गरेको छ । उक्त भेटमा साउदी अरेबियाले कतारसँग जारी विवाद अन्त्यका लागि इजरायलको मध्यस्थताबारे छलफल गरेको बताइएको छ ।तर साउदी अधिकारीहरुले भने उक्त भेटवार्ता नै नभएको भन्दै खण्डन गरेका हुन् ।

इजरायलले संयुक्त अरब इमिरेट्स, बहराइन र सुडानसँग सम्बन्ध सुधारका लागि गरेको सहमतिको केही हप्तापछि साउदी राजकुमारसँग भेटवार्ता भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू