अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

सुनको मूल्य तोलामा १८ सयले घट्यो

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:३२ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ ।मंगलबार छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू