अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

न्युयोर्कमा कोरोना नियन्त्रणका लागि थप प्रतिबन्ध

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:४८ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरस संक्रमणको दोश्रो लहरका बीच नियन्त्रणका लागि न्युयोर्क शहरमा थप प्रतिबन्ध लगाइएको छ ।न्युयोर्कका मेयर बिल डे ब्लासिआले कोरोना नियन्त्रणको यही नै अन्तिम मौका भन्दै शहरका बार, रेस्टुरा, र जिम हलहरु खोल्ने समय सिमा तोकेका छन् ।साथै कम्तीमा १० जना भन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैनन् ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु, कुमोले पनि न्युयोर्क कोभिडको जहाज भएको भन्दै थप सावधानी नअपनाए भयावह स्थिति निम्तने सक्ने बताउनुभयो ।अमेरिकामा दैनिक ९ सयको हाराहारीमा मानिसहरुको कोरानाका कारण मृत्यु हुने गरेको छ ।

अमेरिकामा हासम्ममा १० लाख ६९ हजार बढी संक्रमित रहँदा २ लाख ४७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।दैैनिक १ लाख संक्रमित थपिने क्रम रहेको भन्दै मेयर ब्लासियोले कोरोना नियन्त्रणका लागि अन्तिम उपायका रुपमा प्रतिबन्ध लगाउने जानकारी दिनुभयो ।

यसैबीच केही बिज्ञहरुको समुहले अमेरिकामा हिउँद याममा कोरोनाको प्रकोप झन भयावह हुने औंल्याउँदै आगामी दिनमा अमेरिकाका अस्पतालहरु संक्रमितले खचाखच भरिने भन्दै सचेत रहन चेतावनी दिइसकेका छन् । यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको कोभिड–१९ सल्लाहकार डा.माइकल ओस्टरहोलमले भने कोरोना नियन्त्रण्का लागि देशभर ४ साताका लागि लकडाउन गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू