अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

साउदीमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, सचेत हुन दूतावासको अनुरोध

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:५४ मा प्रकाशित

साउदीमा सामाजिक सञ्जालमा कुनै पनि पोष्ट, कमेन्ट, लाइभ वा म्यासेज पठाउँदा सचेत हुन दूतावासले अनुरोध गरेको छ । साउदीको स्थानीय कानुन विरुद्द हुनेगरी सामाजिक सञ्जालमा लेखेमा, कमेन्ट गरेमा वा म्यासेज पठाएमा कडा कारबाही हुने भन्दै दूतावासले साउदीमा कार्यरत सबै नेपालीलाई सचेत गराएको हो ।

दूतावासले सोमबार प्रकाशित राहदानी नविकरण सम्बन्धि सार्वजनिक सूचनामा ’लभली केटो’ नाम गरेको फेसबुक आइडीबाट नेपाली महिला कामदारलाई अपमान गर्ने अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गरेकाले त्यो कमेन्ट जतिसक्दो छिटो हटाउन र कारबाहीबाट बच्न पनि दूतावासले सूचना जारी गरेको छ ।

साउदीको स्थानीय कानुनको उल्ङघन हुनेगरी सामाजिक सञ्जालको माध्यमबाट पोष्ट, कमेन्ट, म्यासेज गर्दा कतिपय नेपालीले नै गम्भिर सजाय भोगिरहेको उल्लेख गर्दै दूतावासले साउदीको साइवर तथा अन्य कानुनको पालना गर्न अनुरोधसमेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू