अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

विश्वभर ३ करोड २५ लाख १२ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:१९ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड २५ लाख १२ हजार ७ सय २७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ६१ हजार ६ सय ८० पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ११ लाख ७३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ६ लाख ७३ हजार २ सय ९ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८० हजार ३ सय ८५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ५ लाख ९२ हजार ८ सय २४ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९० लाख ३९ हजार १ सय ७० जना संक्रमित भएका छन् भने २ लाख ३२ हजार १ सय जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ७९ लाख ९० हजार ३ सय २२ जना संक्रमित हुँदा १ लाख २० हजार ५४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५४ लाख ४० हजार ९ सय ३ जना संक्रमित भएका छन् भने १ लाख ५७ हजार ९ सय ८१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू