अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 20:54

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि संचालन हुने

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:३७ मा प्रकाशित

कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ। गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण ८ महिनापछि हुन लागेको हो। राष्ट्रिय परिक्षा बोर्डका अनुसार साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परिक्षा पनि सञ्चालन हुनेछन्।

परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी गराउनुपर्ने छ। आफूलाई पायक पर्ने ठाउँमा मात्र परिक्षार्थीले परिक्षा दिन पाउनेछन् भने परिक्षाको पूर्णाङक ४० अंक मात्र निर्धारण गरिएको छ। ४० अंक र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ। परिक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू