अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

प्रधानमन्त्री र मन्त्रीहरुद्धारा दसैँखर्च कोरोना कोषमा जम्मा

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको आज आयोजित सरकारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसअघि, कोरोना महामारीका बेला सांसदहरु र मन्त्रीहरुले दसैँखर्च लिएको भन्दै आलोचना भएको थियो। नेकपा सांसद भीम रावलबाट दसैँखर्च फिर्ता गर्ने निर्णय गरेलगत्तै एकपछि अर्का सांसदहरुले दसैँखर्च फिर्ता लिएका थिए ।

नेकपाले संस्थागत निर्णय नै गरेर दसैँ खर्च फिर्ताको निर्णय गरेको छ।त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले सबै कांग्रेस सांसदहरुसँग पनि दसैँखर्च फिर्ताको निर्णय गर्नुभएको छ । मन्त्री गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पत्रकार सम्मेलन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू