अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा, अधिकांश राष्ट्रमा नयाँ नियम लागु

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:३१ मा प्रकाशित

कोरोना संक्रमण दर उच्च हुँदै गएपछि चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा गरिएको छ । जसका कारण त्यहाँको शिक्षण संस्था, होटल, रेष्टुराँ र क्लबहरु पूर्णरुपमा बन्द रहने छन् । त्यसैगरी मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाइएको छ ।कोरोना संक्रमितको संख्या १ लाख नाघेपछि संक्रमण नियन्त्रणका लािग सरकारले लकडाउन गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आगामी नोभेम्बरसम्म लकडाउन गर्ने सरकारले जनाएको छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन अनलाइनमार्फत सञ्चालन हुनेछन् ।चेक रिपब्लिकको अधिकाशं अस्पतालहरुमा कोरोना संक्रमितको चाप बढेको छ ।गत मार्च देखिको तथ्यांक हेर्ने हो भने पछिल्लो १४ दिनमा ५५ हजार ५ सय बढी नयाँ संक्रमित थपिएका छन् भने बिगत २४ घण्टामा १ हजार ५१ बढीको मृत्यु भइसकेको छ ।

यसैबीच विश्वका कयौं राष्ट्रहरुले कोराना महामारीका नियन्त्रणका लागि नयाँ नयाँ नियमहरु लागू गर्न थालेका छन् ।फ्रान्सको पेरिसका ९० प्रतिशत आइसियु बेडहरु भरिन सक्ने आँकलन गर्दै केही शहरहरुमा कफ्र्यु आदेश जारी गरिने र केही स्थानहरुमा प्रतिबन्ध लगाउने तयारी फ्रान्स सरकारको छ ।जसका लागि फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत प्रतिवन्धहरुको घोषणा गरिने जनाइएको छ ।

नेदरल्याण्ड्समा कोरोना संक्रमितहरुको दर बढ्दै गएपछि आशिंक रुपमा लकडाउनको घोषणा गरिएको छ भने सर्वसाधारणलाई मास्क अनिवार्य गरिएको छ ।जर्मन चान्सलर एन्जेला मार्केलले युरोप कोरानाको कहरबाट मुक्त नभएको भन्दै यसले अझै गम्भीर परिस्थितिको सामना गर्नुपर्ने बताउनु भएको छ । बेलायतल पनि संक्रमण नियन्त्रणका लागि लकडाउनको तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू