अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

नेपालमा कोरोनाका कारण थप २२ जनाको मृत्यु, २ हजार ७१ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:२० मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप २२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

गत २४ घण्टायता थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ६ सय ४९ जना रहेका छन् भने होम आइसोलेशनमा १७ हजार ६ सय ६६ जना छन् । यसैगरी, क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । नेपालका जिल्ला मनाङ र मुस्ताङबाहेक अन्य सबैमा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू