अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

विश्वभर २ करोड ७४ लाख ५१ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:११ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ७४ लाख ५१ हजार ७ सय ८७ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ६४ लाख ६२ हजार १ सय ६८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ६१ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७९ लाख ४८ हजार ७ सय ३३ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६७ हजार ५ सय ६५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७८ लाख ८१ हजार १ सय ६८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७७ लाख ७७ हजार १४ जना संक्रमित भएका छन् भने २ लाख १६ हजार ८ सय १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ६८ लाख ३५ हजार ६ सय ५५ जना संक्रमित हुँदा १ लाख ५ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५० लाख २ हजार ३ सय ५७ जना संक्रमित भएका छन् भने १ लाख ४८ हजार ३ सय ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । रसियामा १२ लाख ६० हजार १ सय १२ जनामा संक्रमण हुँदा २२ हजार ५६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू