अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

पोखरा महानगरका २३ सहित गण्डकी प्रदेशमा थपिए ४५ नयाँ कोरोना संक्रमित

बिआरटीनेपाल २०७७ असोज २० गते ७:१८ मा प्रकाशित

पोखरा महानगरपालिकाका २३ सहित गण्डकी प्रदेशमा ४५ जना नयाँ कोरोन संक्रमित पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगर पालिकाको १० वटा वडामा २३ जना नयाँ संक्रमित थपिएका हुन । पोखरा वडा नं ७ मा संक्रमित देखिएका ३७ र ४५ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखरा वडा नं ९ का ३४ र ४२ वर्षीय पुरुष, १० का ४८ वर्षीय पुरुष र ६३ वर्षीया महिला, १४ का १२ वर्षीय वालिका र ४८ वर्षीय पुरुष, १५ का २५ वर्षीया महिला र वडा नं १७ का २४, ३३, ३६, ३७ र ४७ वर्षका पुरुष, २० का २४, ३९, ५९ र ७३ वर्षीया महिला तथा ४६ र ५८ वर्षीय पुरुष, वडा नं २५ का २३ वर्षीया महिला, वडा नं २८ का ३१ वर्षीय पुरुष र वडा नखुलेका २० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

त्यसै गरि लमजुङ सुन्दरवजार वडा नं ६, ७ र ९ का एक ४० र ४९ वर्षीय पुरुष सहित २७ देखि ४८ वर्षीया उमेर समुहका ११ जना महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । त्यस्तै गरि पर्वतको कुश्मा वडा नं १ का ६० र ४ का ६० वर्षीय पुरुष र तनहुँको घिरिङको वडा नं ४ का २० वर्षीय पुरुष तथा भिमाद वडा नं ६ का १८, २०, ३७ र ३८ वर्षीय उमेर समुहका ४ जना पुरुष र गोरखा भिमसेन थापाका वडा नं ७ का ४२ वर्षीय पुरुष र वडा नं ८ का ४ वर्षीया वालिकामा कोरोना देखिएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४ हजार ३ सय ९ पुगेको छ ।

प्रतिक्रिया