अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

विश्वभर २ करोड ५९ लाख २५ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:४६ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ५९ लाख २५ हजार ५५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख ७८ हजार ५ सय ५१ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १० लाख ३४ हजार ४२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७९ लाख १९ हजार ४ सय ५४ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६६ हजार ३ सय १९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७८ लाख ५३ हजार १ सय ३५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७५ लाख ५३ हजार ७२ जना संक्रमित भएका छन् भने २ लाख १३ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ६४ लाख ७३ हजार ५ सय ४४ जना संक्रमित हुँदा १ लाख ८ सय ७५ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४८ लाख ८२ हजार २ सय ३१ जना संक्रमित भएका छन् भने १ लाख ४५ हजार ४ सय ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू