अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

नेकपाको सचिवालय बैठक स्थगित

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:४२ मा प्रकाशित

आज (शनिबार) बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोली(आइतबार) ४ बजे सम्मका लागि स्थागित भएको जानकारी दिनुभएको छ ।

बैठकमा यसअघि तय गरिएका एजेण्डासहित सरकारले हालै गरेका राजनीतिक नियुक्तबारे पनि छलफल हुने बताइएको छ ।सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपा भित्रै नै असन्तुष्टि चुलिएको छ । बैठकमा यी विषय र मन्त्रिमण्डल पुनर्गठनलगायतका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू