अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

गजल

अतीत आचार्य २०७७ असोज ९ गते ८:५१ मा प्रकाशित

पटकपटक प्रेममा परिरहने मलाइ आदत भएको छ!
चियामा डुबेको  बिस्कुटको जस्तै हालत भएको छ!

कति प्रेम गर्थे होला !आफ्नो बनाउन सकेको भए!
मनकाे माया मन भित्रै आज!बचत भएको छ!

माया गर्नलाइ माया गर्नुपर्थ्याे!घृणा गर्नेलाइ घृणा!
प्रेमकाे सन्सारमा ठ्याक्कै उल्टो !हर्कत भएको छ!

तिम्राे व्यवहार पनि देखे !अनि बाेलिवचन पनि देखे!
बुझ्दै बुझ्दै यी कुराहरू!तिमिप्रति चाहत भएको छ!

साँचाे प्रेम गर्दा  तिमिलाइ ! गुमाए  सबैथाेक आज मैले !
आगाेले पानीलाई गरेजस्तै तिमिबाट मलाई नफ्रत भएको छ।

* देवचुलि-१३,नवलपरासी

प्रतिक्रिया