अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

भारतीय गायक एसपी बाला सुब्रमण्यमको कोरोना संक्रमणबाट निधन

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:२० मा प्रकाशित

भारतीय गायक एसपी बाला सुब्रमण्यमको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अगस्तमा कोरोना देखिएदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनको शुक्रबार दिउँसो १ बजेर ४ मिनटमा निधन भएको हो । कोरोना उपचारका लागि उनलाई राखिएको अस्पतालले बिहिबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा निकै खराबी देखिएको जानकारी दिएको थियो ।

अस्पतालबाट विज्ञप्ती जारी भएपछि सलमान खानलगायत भारतको मनोरञ्जन क्षेत्रका व्यक्तिहरुले उनको स्वास्थ्य लाभको कामना गरेका थिए । उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । गायक एसपी बाला सुब्रमण्यम सलमान खानको आवाजबाट निकै परिचित थिए । उनले सलमानका लागि धेरै हिट गीतहरु गाएका छन् । उनले सन् १९८९ देखि सलमान खानको लागि गीत गाउन सुरु गरेका थिए र त्यहीबाट उनी सलमानको आवाजका रुपमा चिनिन थाले ।

एसपी बाला सुब्रमण्यमले १६ भारतीय भाषामा लगभग ४० हजारभन्दा धेरै गीतहरु गाएका छन् । उनले पद्मश्री (२००१) र पद्मभूषण (२०११) लगायत थुप्रै अवार्डबाट सम्मानित भएका थिए । उनले काम गरेको पहिलो चलचित्र ‘एक दुजे के लिए’ बाट उनलाई राष्ट्रिय फिल्म अवार्डबाट उत्कृष्ट पुरुष पाश्र्व गायकको अवार्डबाट सम्मानित गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू