अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

विश्वभर २ करोड ३४ लाख ३४ हजार ५१ कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ७ गते ७:२६ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ३४ लाख ३४ हजार ५१ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख ३५ हजार ५ सय ८६ पुगेको छ । हालसम्म, कुल सङ्क्रमितमध्ये ९ लाख ७६ हजार ४ सय १० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७४ लाख २५ हजार ३ सय २७ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६२ हजार १ सय ३२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख ६३ हजार १ सय ९५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ७० लाख ९८ हजार ६ सय ७४ जना संक्रमित भएका छन् भने २ लाख ५ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ५६ लाख ५० हजार ५ सय ४० जना संक्रमित हुँदा ९० हजार ७७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४५ लाख ९५ हजार ३ सय ३५ जना संक्रमित भएका छन् भने १ लाख ३८ हजार १ सय ५९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू