अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

सुनको एक महिनायताकै सस्तो

बिआरटीनेपाल २०७७ असोज ६ गते १:१५ मा प्रकाशित

नेपालमा मंगलबार सुनको भाउ पछिल्लो एक महिनायताकै सस्तो भएको छ । छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो एक महिनामा छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ८ सयसम्म पुगेको थियो ।

त्यसैगरी आज तेजाबी सुन पनि प्रतितोला १७ सय रुपैयाँले नै घटेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदी एक हजार दुई सय ३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू