अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

विश्वभर २ करोड २६ लाख ३१ हजार ४ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:२८ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड २६ लाख ३१ हजार ४ सय ७५ कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ३ करोड १० लाख ३५ हजार ७ सय २६ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख ६२ हजार १ सय ८८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७४ लाख ४२ हजार ६३ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६१ हजार ४ सय १३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७३ लाख ८० हजार ६ सय ५० जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ६९ लाख ६९ हजार ९ सय १७ जना संक्रमित भएका छन् भने २ लाख ३ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ५४ लाख १२ हजार ५ सय ६५ जना संक्रमित हुँदा ८६ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४५ लाख २८ हजार ३ सय ४७ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार ५ सय ६५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू