अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

युगाण्डामा कारागारबाट २ सय बढी कैदी फरार

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४६ मा प्रकाशित

अफ्रिकी मुलुक युगाण्डाको कारागारका २ सय भन्दा बढी कैदी फरार भएका छन् ।युगाण्डाको उत्तर पूर्वी क्षेत्रको कारागारबाट पहाडी क्षेत्रमा रहेको अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा उनीहरु फरार भएका हुन् ।

सुरक्षामा खटिएका एक सैनिकको हत्या गरी उनीहरु भाग्न सफल भएका हुन् । भाग्ने क्रममा उनीहरुले सुरक्षाकर्मीहरुको साथबाट १५ वटा बन्दुक र गोली समेत लुटेर लगेको समाचारमा जनाइएको छ ।

कैदीहरुले पक्राउ पर्ने डरले पोशाक नै फालेर नग्न अवस्थामा फरार भएको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू