अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

उखु किसानलाई दर्ता हुने समय थप

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:३१ मा प्रकाशित

सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुने समय एक महिना थप गरिएको छ । कोभिड १९ का कारण किसानलाई दर्ता हुन समस्या भएको भन्दै भदौ मसान्तसम्म दिइएको दर्ता अवधि एक महिना थपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखु किसानलाई अनुदान दिने कार्यविधि २०७५ अनुसार सरकारी अनुदान पाउन उखु किसान स्थानीय तहमा दर्ता हुन अनिवार्य गरिएको छ । गत जेठमा एक सूचना जारी गर्दै कृषि मन्त्रालयले भदौ मसान्तसम्म स्थानीय तहमा दर्ता हुन किसानलाई आग्रह गरेको थियो । छुटेका किसानको लागत संकलन सकिएपछि उखु किसानको लगत संकलन गर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू