अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

राष्ट्रकविको सम्झनामा कविता वाचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ भदौ ८ गते १०:३९ मा प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा अमेरिकावासी नेपाली भाषी कविहरूको आयोजनामा जुमका माध्यमबाट कविता वाचन कार्यक्रम यही अगस्ट २२, २०२० मा सम्पन्न भएको छ । करिब तीन दर्जन जना कविहरूले रचना वाचन गरिएको सो कार्यक्रम रेडियो हिमालय र ओएसओ अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष साहित्यकार गीता खत्रीले राष्ट्रकविको तस्बिरमा फूल तथा माला अर्पण गरी आरम्भ गरिएको सो कार्यक्रममा कविहरूबाट एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा साहित्यकार तथा समालोचक महेश पौडेलले राष्ट्रकविका योगदानका बारेमा चर्चा गर्नु भएको थियो । रचना वाचन गर्नेहरुमा गीता खत्री, निलम कार्की निहारिका, निजानन्द मल्ल, सुदिपभद्र खनाल, डा. रिषी बस्ताकोटी, कृष्ण गिरी, उर्मिला निर्दोषी, अग्नि पराजुली, राम लामा अविनाशी, सर्वज्ञ वाग्ले, राजेन्द्र श्रेष्ठ, आचार्य प्रभा, दुर्गा रिजाल, सतिष चापागाईं, पवन लामिछाने, मणि धिमाल, विमला निरौला, शकुन्तला ज्ञवाली, डिलु चौलागाई, गोवर्धन पूजा, सुशील नेपाल, बासु पुष्पा अधिकारी, ईश्वरी भट्ट, विमला निरौला, विष्णु विरही, प्रकाश पाण्डे, शिव लामिछाने, हरि उप्रेति, प्रेम संग्रौला, राजेन्द्र अर्याल, पदम विश्वकर्मा आदि थिए । कविहरूले कविता, गजल, मुक्तक आदि वाचन गरेका थिए । साहित्यकार महेश्वर पन्त र हरिमाया अधिकारीले राष्ट्रकविद्वारा लिखित गीत गाएका थिए । त्यस्तै कार्यक्रम आनन्द श्रेष्ठ, हरि घिमिरे, राधा पौडेल, लालगोपाल सुवेदीको पनि सहभागिता रहेको थियो । कार्यक्रम पदम विश्वकर्मा, सर्वज्ञ वाग्ले र गोवर्धन पूजाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया