अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

२० देखि ४० बर्षका युवाहरुको उमेर समुहमा कोरोना धेरै फैलिएको विश्वस्वास्थ्य संगठनको भनाइ

बिआरटीनेपाल २०७७ भदौ २ गते ७:२८ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा धेरै फैलाउने उमेर समूह युवाहरुको रहेको बताएको छ । संगठनका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलाउनेमा २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुको भूमिका ठूलो रहेको छ । उनीहरुमध्ये अधिकांशलाई आफू कोरोना सङ्क्रमित रहेको पत्ता समेत नरहेको संगठनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका वेस्टर्न पेसिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले कोरोना सङ्क्रमण फैलिने खतरा झन् तीव्र गतिमा बढेको र यसले वृद्धवृद्धा, बिरामी र घना बस्तीमा बसोबास गर्नेका लागि जोखिम बढेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू