अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

कोरोनाको उपचारमा प्रयोग हुने औषधि आयात गर्न विभागको स्वीकृति

बिआरटीनेपाल २०७७ साउन ३२ गते ७:२५ मा प्रकाशित

औषधी व्यवस्थापन विभागले अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालिएको रेमडिसिभर नामक औषधी नेपालमा पनि आयात गर्न स्वीकृत दिएको छ ।शरिरमा अक्सिजनको मात्रा कम भई आइसियु कक्षमा रहेका विरामीको स्वास्थ्य अवस्था सुधार गर्न प्रयोग गरिने औषधी आयात गर्न विभागले औषधी व्यवसायीहरुलाई स्वीकृत दिएको हो ।

विभागका महानिर्देशक नारायण ढकालले नेपाल स्वास्थ्य अनुसार परिषद्को प्रोटोकल अनुसार क्लिनिक ट्रायलका लागि अनुमति दिएको जानकारी दिनुभयो ।औषधी दर्ता गर्ने नभइ आकस्मिक रुपमा चाहिने समयमा परिषद्को प्रोटोलकमा टेकेर मात्र प्रयोग गर्न सकिने गरी निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

हाल विभागले सिप्ला, माइलन र हिटेरो कम्पनीबाट मात्र औषधी खरिद गर्न भनेको छ । जसमा ६ हजारदेखि ८ हजार मूल्य सम्मका औषधी रहेको महानिर्देशक ढकालले जानकारी दिनुभयो ।औषधी व्यवसायीहरुले भदौ ४ गतेसम्म औषधी ल्याउने जनाएका छन् । औषधीलाई विभागले स्वीकृत नदिँदा औषधी व्यवसायीहरुले अवैधानिक रुपमा ४० देखि ५० हजार रकम असुल गरी बिक्री वितरण गर्दै आएको गुनासो बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू