अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

नेपालमा कोरोेना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो, एकैदिन ६ सय ३८ जना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ साउन २७ गते ६:४६ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । डा. गौतमका अनुसार धनुषाका ६० वर्षीय पुरुष, धनुषाकै ५० वर्षीय पुरुष, काभ्रे पाँचखालकी ५० वर्षीया महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ८३ भएको हो ।

यसैबीच, नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म १ सय ८३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । हाल ७ हजार २ सय १ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ७१ जना संक्रमणमुक्त भएका छन् । यो सहित अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ११ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय १ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू