अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

भारतमा कोरोनाका बिरामी राखिएको एक होटलमा आगलागी, सातको ज्यान गयो

बिआरटीनेपाल २०७७ साउन २५ गते ०:१५ मा प्रकाशित

भारत आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आगलागी हुँदा ७ जनाको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुलई राख्न एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस होटलमा आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

होटलमा ४० जना रहेका बेला आगलागी भएको हो । आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरिताले विद्युत सर्ट भएर आगो लागेको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू