अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

विश्वभर झण्डै २ करोड मानिसलाई कोरोना सङ्क्रमण, ७ लाख २४ हजार ५ सय बढीको मृत्यु

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१७ मा प्रकाशित

विश्वमा झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहिलेसम्म १ करोड ९५ लाख ६९ हजार १ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । कोरोना संक्रमणबाट ७ लाख २४ हजार ५ सय ५० जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड २५ लाख ६३ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी प्रभावित अमेरिकामा झण्डै ५१ लाखलाई सङ्क्रमण भएको छ भने १ लाख ६४ हजार १ सय ४ जनाको ज्यान गएको छ । यस्तै ब्राजिलमा २९ लाख ६७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने ९९ हजार ७ सय बढीको मृत्यु भएको छ । भारतमा झण्डै २१ लाख जनालाई कोरोना सङ्क्रमण भएको छ भने कोरोनाकै कारण ४२ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ ।

रसियामा १४ हजार ८ सय ५४, मेक्सिकोमा ५१ हजार ३ सय ११, पेरुमा २० हजार ६ सय ४९, कोलम्वियामा १२ हजार २ सय ५०, स्पेनमा २८ हजार ५ सय ३, ईरानमा १८ हजार १ सय ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४६ हजार ५ सय ११, पाकिस्तानमा ६ हजार ६८, बं्रगलादेशमा ३ हजार ३ सय ६५, ईटलीमा ३५ हजार १ सय ९०,फ्रान्समा ३० हजार ३ सय २४, क्यानडामा ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ८ सय ६७,अफगानिस्तानमा १ हजार ३ सय १२, माल्दिभ्समा १९, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू