अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

सरकारले तत्काल मुलुकभर लकडाउन गर्दैनः सरकारका प्रवक्ता मन्त्री खतिवडा

बिआरटीनेपाल २०७७ साउन २२ गते ६:५५ मा प्रकाशित

नेपाल सरकारले तत्काल मुलुकमा लकडाउन नगर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तत्काल लकडाउन नहुने बताउनुभएको हो ।

सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पार्दै उहाँले ठाउ–ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभयो । यद्यपी संक्रमणको जोखिम हेरेर आवश्यक स्थानहरुमा भने तत्काल लकडाउन गर्न सकिने मन्त्री खतिवडाले बताउनुभयो ।
सरकारले बिहीवारदेखि कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै विभिन्न स्थानमा अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ। यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ। सरकारले काठमाडौं उपत्यकामा पनि अप्ठ्यारो स्थिति आइपरेको जनाएको छ।

यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ। त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले सवैमा अपील गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू