अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:३२ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । १८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८१ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको हो । थपिनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् । जसमा काठमाडौंका ५७ तथा ललितपुरका ५ जना हुन् ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ ।पछिल्लो २४ घण्टामा एक सय ३० जनालाई निको भएको छ । हालसम्म निको भएकाको संख्या १५ हजार १ सय ५६ पुगेको छ । जुन ७० दशमलव ८ प्रतिशत हो ।

अहिले देशभर ६ हजार १ सय ७४ जना आइसोलेसनमा र ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको मात्र पीसीआर परीक्षण भएको छ । सरकारले भने कम्तीमा १० हजारको परीक्षण गराउने बताउँदै आएको छ ।

यसैबीच, मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू