अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

अष्ट्रेलियाको भिक्टोरियामा बस्ने १२ जना नेपालीमा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:४५ मा प्रकाशित

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा बसेका छन् ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक प्रेमप्रसाद कँडेलका अनुसार कोरोना संक्रमण हुनेमा नेपाली विद्यार्थीदेखि एनआरएनए पदाधिकारीसमेत रहेका छन् ।

अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएकोमा उनीहरु निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू