अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

भारतको आन्ध्र प्रदेशमा क्रेन खस्दा ११ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:४३ मा प्रकाशित

भारत आन्ध्र प्रदेशको विशाखापट्टनममा शनिबार दिउँसो क्रेन खस्दा भएको दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार दुर्घटनापछि पर्यटनमन्त्री एम श्रीनिवास रावले स्थानीय प्रशासनलाई घटनाको अनुसनधान गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री कार्यालयबाट क्रेन खसेको बारेमा बयानबारे ट्विटरमा टिप्पणी आएको छ। सीएम अफिसको तर्फबाट भनिएको मुख्यमन्त्री वाइएस जगमोहन रेड्डीले विशाखापट्टनमको जिल्ला अधिकारी तथा सिटी प्रहरी कमिस्नरलाई उक्त घटनाको बारेमा तत्काल कदम उठाउन निर्देशन दिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू