अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

“पार्टीमा पदका लागि नभइ पद्धतिका लागि छलफल चलाइरहेका छौं ”– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:३७ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदका लागि नभई पद्धतिका लागि छलफल चलाईरहेको बताउनुभएको छ । जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र पदका लागि विवाद उत्पन्न गराईएको भन्ने चर्चा यदाकदा चलाईने गरिएको भएपनि त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो ।

पार्टी एकता प्रक्रिया नटुंगिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता छाएको र नेता कार्यकर्ता एवं आम जनातामा चिन्ता उत्पन्न गरेको प्रचण्डको भनाई छ । उहाँले पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहेपनि यो पदको निम्ति विवाद नभएको स्पष्ट पार्नुभयो ।

पार्टीभित्र विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको दावी गर्दे उहाँले पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अक्षुण राखेर अघि बढ्ने भन्ने बारेमा छलफल भईरहेको बताउनुभयो । यद्यपि, प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने पनि स्पष्ट पानुृभयो ।

अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने दावी गर्दै प्रचण्डले पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू