अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:३६ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभर अहिले ५ हजार ३ सय ३८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय सोमबार १३९, मंगलबार ३५३, बुधबार २१०, बिहीबार २७४, र शुक्रबार २२४ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज हुँदा अहिलेसम्म कोरोनाको उपचारपछि १४ हजार ४ सय ९२ जना निको भएका छन् । अहिलेसम्मको डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि रहेको प्रवक्ता गौतमले बताउनुभयो । अहिले देशभरका क्वारेन्टाइनमा ११ हजार ५ सय ३३ जना रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्लामा रौतहट र कैलाली रहेका छन् भने अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू