अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

नेपालसँग सहकार्य गरी अघि बढ्ने चिनिया राष्ट्रपतिको भनाई

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:३५ मा प्रकाशित

चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताउनुभएको छ । दुई देशबीच राजकीय सम्बन्धको ६५औँ वर्षगाँठका अवसरमा आज आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै चिनियाँ राष्ट्रपति सीले आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले आफू राष्ट्रपति भण्डारीसँग सहकार्य गरेर दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्याउन इच्छुक रहेको कुरा सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू