अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

कोरोना जोखिम देखिएका ठाउँ पूर्ण बन्द गरेर परीक्षणको दायरा बढाउने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ साउन १५ गते २३:५३ मा प्रकाशित

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम देखिएका ठाउँ पूर्णरुपमा बन्द गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार सङ्क्रमण देखिएको ठाउँ बन्द गरेर पीसीआर परीक्षणको दायरा बढाउने निर्णय भएको बताउनुभयो । आगामी भदौ १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

बैठकले बन्दाबन्दी खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू