अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित भेटिए

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:१२ मा प्रकाशित

चीनमा बिना लक्षणका ४६ जना नयाँ कोरोना संङ्क्रमित फेला परेका छन् । चीनस्थित स्वास्थ्य आयोगका अनुसार पछिल्लो समय ३४ जना बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका हुन् । समाचार संस्था रोयटर्सले लेखे अनुसार चीनको पश्चिमी शिनजियाङ्य प्रान्तमा २२ र अन्य २६ जना संङ्क्रमित बाहिरबाट आएका हुन् ।

७४ दिनपछि चीनमा पहिलो पटक बिना लक्षणका कोरोना संङ्क्रमित फेला परेका हुन् । चीनमा हालसम्म कोरोना संङ्क्रमितको संख्या ८३ हजार ३ सय ३० पुगेको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू