अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

इजरायलमा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री विरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७७ साउन १० गते ७:३१ मा प्रकाशित

इजराईलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले कोरोना महामारीका लागि कुनै ठोस काम नगरेको आरोप लगाएका छन् । प्रदर्शनकारिले प्रधानमन्त्री नेतन्याहूको राजीनामा पनि मागेका छन् । कोरोना सङ्क्रमण सुरुमा देखिएको बेला प्रधानमन्त्रीको तारिफ गरेका ईजराइली नागरिकले पछिल्लो दिनमा कोरोना महामारी तीव्र गतिमा फैलिँदै गएको भन्दै ठोस रणनीति नअपनाएकोमा प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

मुलुकमा महामारी फैलिनबाट रोक्न नसकेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहूको घर जाने सबै बाटो पनि बन्द गरिदिएका छन् । ईजराइलमा कोरोना महामारीका कारण १० लाख मानिसहरु बेरोजगार भइसकेको बीबीसीले लेखेको छ । ईजराइलमा पछिल्लो समय दैनिक २ हजारका दरले सङ्क्रमित थपिँदै गएको र हालसम्म कोरोनाका कारण ५९ हजार ४ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ४ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू