अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

अयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री मोदीले अगस्ट ५ मा भूमि पूजा गर्ने

बिआरटीनेपाल २०७७ साउन ७ गते २३:३५ मा प्रकाशित

अयोध्यामा राम मन्दिर निमार्णका लागि आउँदो अगस्ट ५ मा भूमि पूजा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा आउँदो अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने बुधबार घोषणा गरेको हो ।

कोषका स्वामी गोविन्द देव गिरीले भूमि पूजाका लागि प्रधानमन्त्री मोदीलाई बोलाइएको जानकारी दिएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । आफूहरुको आग्रह मोदीले स्वीकार गरेको उनले बताएका छन् । मोदीले अगस्ट ५ को मध्यान्न भूमि पूजा गर्ने जनाइएको छ । भूमि पूजामा २०० जनाको सहभागिता हुने कोषले जनाएको छ ।

सामाजिक दूरीसहितका सबै नियम पालन गरिने पनि कोषले उल्लेख गरेको छ । भूमि पूजाका लागि अगस्ट ५ को दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू