अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

कोरोना प्रकोपका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द

बिआरटीनेपाल २०७७ साउन ७ गते ६:०० मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह आयोजना नहुने भएको हो । यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन ।

नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र समारोह नयाँ तरिकाबाट गरिनेछ । कोरोना महामारीको प्रकोपलाई मध्यनजर गर्दै सबैले यहीअनुसार चल्नुपर्ने फाउण्डेशनले बताएको छ । यसअघि सन् १९५६ मा तत्कालीन सोभियत सङ्घले हङ्गेरीमाथि आक्रमण गर्दा नोबेल पुरस्कार समारोहको आयोजना गरिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू