अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

नेकपाका तीन शीर्ष नेताको छलफल निष्कर्षविहीन

बिआरटीनेपाल २०७७ साउन १ गते ६:३७ मा प्रकाशित

भोलिका लागि निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताबीच भएको छलफलमा मुख्य विषयमा भने सहमति हुन सकेन । नेताबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताउनुभयो ।

छलफल सकारात्मक रहेको र आजको बैठक नरोकिने उहाँले जानकारी दिनुभयो । छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो । दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गर्नुभएको छ भने ओलीले राजिनामा नदिन अडान कायमै राख्नुभएको छ । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।

बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यलाई बोलाएर छलफल गर्नुभएको थियो । ओली समझदारीमा नआए भोलिको बैठक के गर्ने भन्नेबारे बैठकमा कुरा उठेको थियो । झलनाथ खनाललगायतका नेताले अब बैठक नरोक्न र ओली सहमतिमा नआए पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू