अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

कोभिड–१९ का कारण विश्वभर १ करोड ३० लाख ६५ हजार १ सय ६४ बढी संक्रमित, ५ लाख ७२ हजार २ सय ७२ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २९ गते ७:०३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३० लाख ६५ हजार १ सय ६४ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ७२ हजार २ सय ७२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७६ लाख १२ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८७, ब्राजिलमा ७२ हजार १ सय ५१, भारतमा २३ हजार २ सय ३७, रसियामा ११ हजार ४ सय ३९, स्पेनमा २८ हजार ४ सय ३, मेक्सिकोमा ३५ हजार ६, बेलायतमा ४४ हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १३ हजार ७२ , इटालीमा ३४ हजार ९ सय ५४, फ्रान्समा ३० हजार ४, यसैगरी जर्मनीमा ९ हजार १ सय ३५ , क्यानडामा ८ हजार ७ सय ८३ र बेल्जियममा ९ हजार ७ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार २ सय ६६, बंगलादेशमा २ हजार ३ सय ९१ , अफगानिस्तानमा १ हजार १२ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १३ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८४ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू