अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

पोल्याण्डमा राष्ट्रपति पदको निर्वाचनमा कडा प्रतिष्पर्धा, परिणामले युरोपियन युनियन नै विभाजित हुनसक्ने

बिआरटीनेपाल २०७७ असार २८ गते २३:३१ मा प्रकाशित

पोल्याण्डमा राष्ट्रपति पदको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने भएको छ । निर्वाचनअघि गरिएका सर्वेक्षणअनुसार कट्टरपन्थी, लोकतान्त्रिक सत्ताधारी र उदारवादी युरोपका समर्थकहरुबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

उक्त निर्वाचनको परिणामले युरोपियन युनियनहरुबीच नै विभाजन हुनसक्ने आंकलन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । राष्ट्रपतिय निर्वाचनका लागि वर्तमान राष्ट्रपति आन्द्रेज डुडा र राफल ट्रास्कोस्कोस्की चुनावी मैदानमा रहनुभएको छ ।

सत्तारुढ दक्षिणपन्थी कानून र न्याय पार्टी र सरकारको समर्थन पाउनुभएका डुडा दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । युरोपेली संसदका पूर्व सांसद ट्रास्कोस्कोस्की अल्पसंख्यक समुदाय र जातीय समूहहरुको मत लिने होडमा रहेको बताइएको छ ।

उक्त चुनावी नतिजाले आगामी संसदीय निर्वाचन हुने बेला कम्तिमा २०२३ सम्म पोल्याण्डमा नयाँ अभ्यास हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू