अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

गजल

लीलाराज दाहाल २०७७ असार २५ गते ८:३४ मा प्रकाशित

किन आयौ सपनीमा बस्छौ कति दिन
खुकुलो त्यो अँगालोमा कस्छौ कति दिन ।

माया गर्नु पनि अव फेसन भएको छ
विकृतिको दलदलमा फस्छौ कति दिन ।

आस्था, विचार, सिद्धान्त बेचिसके छौ
स्वाभिमानको चुलीबाट खस्छौ कति दिन ।

मौका आउँदा सबैले लुट्छन् भनेर
अवसररूपी छुरा यो धस्छौ कति दिन ।

पछिल्तिर नानाथरि गाली गर्दै हिँड्छौ
अघिल्तिर भने तेल घस्छौ कति दिन ।

 

बाग्मती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया