अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

कोभिड–१९ का कारण विश्वभर १ करोड १९ लाख ८४ हजार १ सय बढी संक्रमित, ५ लाख ४७ हजार ४ सय १९ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५८ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १९ लाख ८४ हजार १ सय ७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ४७ हजार ४ सय १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६९ लाख २७ हजार ५ सय ५ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३३ हजार ९ सय ९१, इटालीमा ३४ हजार ८ सय ९९, स्पेनमा २८ हजार ३ सय ९२, फ्रान्समा २९ हजार ९ सय ३३, बेलायतमा ४४ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १२ हजार ८४, जर्मनीमा ९ हजार १ सय ३ , बेल्जियममा ९ हजार ७ सय ७६, ब्राजिलमा ६६ हजार ८ सय ६८, रसियामा १० हजार ६ सय ६७ र क्यानडामा ८ हजार ७ सय ११ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २० हजार ६ सय ८४, पाकिस्तानमा ४ हजार ९ सय २२, बंगलादेशमा २ हजार १ सय ९७ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९ सय ३६ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १२ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू