अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

चीनमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गयो, १५ जना घाइते

बिआरटीनेपाल २०७७ असार २३ गते २२:१० मा प्रकाशित

चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा कम्तीमा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको थियो ।

त्यहाँको स्थानीय पत्रिकाले जनाएअनुसार गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । तर पनि बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।

गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ । यस्तै प्रहरी र अरु उद्धार टोलीले पनि उद्धार कार्यमा सघाइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू